aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

के हो निपाह भाइरस, यो कसरी सर्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २६ भदौ २०७८
के हो निपाह भाइरस, यो कसरी सर्छ ?

काठमाडौं । नेपालमा महामारीले आक्रान्त भइरहेका बेलामा फेरि अर्को भाइरसको चर्चा शुरु भएको छ । निपाह नामको भाइरसका कारण नेपालमा जोखिम बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत रहन भन्दै सूचना प्रकाशित गरेको छ । 

निपाह भाइरस पशुबाट मानिसमा सर्ने एक गम्भिर प्रकृतिको रोग लाग्ने भाइरसको संक्रमण हुने भएको मन्त्रालयले जनाएको छ । यो भाइरस प्राकृतिक रुपमा फ्रट व्याट भन्ने प्रजातिको चमेरोमा पाइने गर्छ । यो भाइरस जनवारबाट मानिसमा सर्ने र मानिसबाट मानिसमा पनि सर्ने मन्त्रालयले जारी गरेको सूचनामा जनाइएको छ । 

यसका लक्षणहरुमा ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, चक्कर लाग्ने, मांशापेशी दुख्ने, स्वासप्रस्वासमा कठिनाइ हुने र टन्सिलाइटिस् हुने रहेको छ ।   
 

प्रतिक्रिया दिनुहोस