
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ८४० जनामा कोरोना परिक्षण गर्दा ९९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर प्रविधिबाट ६१३७ परिक्षण गर्दा ७ सय ७७ जना र ३७०३ एन्टिजेन परीक्षणमा २१७ जनामा कोरोना भाइरसको पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । यही अवधिमा थप १ हजार ३६८ जना निको भएका छन् । नेपालमा ९५ दशमलब ०७ प्रतिशत कोरोना भाइरस संक्रमितहरु निको भएका छन भने मृत्यु हुनेको १ दशमलब ४१ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस