
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या कम हुदै गएपछि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक भोलि आइतबार बस्ने भएको छ ।
उपत्यकामा खुकुलो पारेका कारण अझ संक्रमण बढ्न सक्ने सम्भावना र नजिकैदै गरेका हिन्दु धमालम्बिहरको दुई ठूला पर्वका बारेमा समेत बैठकमा छलफल हुने छ । त्यस्तै, तीन प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा खुकुलो बनाइएका केहि क्षेत्रबारे समीक्षा समेत हुने भएको छ ।
बैठकले भदौ मसान्तसम्म कायम रहेको निषेधाज्ञालाई स्मार्ट लकडाउनको कार्यविधिअनुसार कसरी अघि बढाउनेबारे निर्णय लिने ललितपुरका प्रमुख जिल्ला ढुण्डी निरौलाले बताए ।
प्रशासनले विद्यालय खुलाउन अनुमति दिएपनि स्थानीय निकायलाई विद्यालय खुलाउन भैरहेको कठिनाइबारे पनि छलफल हुने प्रमुख निरौलाले बताए । चाडपर्व पनि नजिकिएको, विद्यालय सञ्चालनको अनुमति दिएका ललितपुर, भक्तपुर र काठमाडौंमा भाइरस संक्रमण पुनः बढ्ने चिन्ता तीनै जिल्लाका प्रमुख अधिकारीहरुले व्यख्त गरेका छन् । विद्यालय खोल्ने विषयमा हतार नगर्न तीन वटै जिल्ला प्रशासनले बताउदै आएका छन ।
प्रतिक्रिया दिनुहोस