
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९११ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ८३८ जना र एन्टिजन परिक्षण गर्दा ७३ जना गरि जम्मा ९११ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १४२३ जना कोरोनामुक्त भएका छन् योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९५.१ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या १३ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९ सय ४९ रहेको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार १८ जनाको कोरोना परिक्षण गरेका थिए भने १० हजार ४४९ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ७५७ रहेको छ ।
प्रतिक्रिया दिनुहोस