
काठमाडौं । ओपोले नेपालीहरुकोे महान चाड बडा दशैँ २०७८ को शुभ अवसरमा ‘बडा दशैँको लहर ओपोको अफर’, विशेष उपहार योजनाको घोषणा गरेको छ । उपहार योजना अन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर ओपोका स्मार्टफोन लगायत आईओटी उत्पादनहरु खरिद गरी योजनामा सहभागिता जनाई विभिन्न आकर्षक उपहारहरु जित्ने अवसर प्राप्त गर्नेछन् ।
‘ग्लोबल कम्पनीका रुपमा ओपोले सधैँ नै स्थानियकरणमा विश्वास गर्दै आइरहेको छ । नेपाल हाम्रालागि विशेष प्राथमिकता बोकेको बजार हो । यहाँको संस्कृति, परम्परा र विविधतामा रहेको सादापन वास्तवमै प्रेरणादायी छ । स्थानिय महान चाड बडा दशैँ, आदर्णिय उपभोक्तासंग खुशी साट्दै मनाउने सोचका साथ हामीले ‘बडा दशैँको लहर ओपोको अफर’ उपहार योजनाको घोषणा गरेका हौँ ।’, ओपो नेपालका ब्राण्ड डिरेक्टर पियरसन शेनले भने ।
क्याम्पेन अवधिभर कुनैपनि ओपोका उत्पादनको खरिद गरी उपभोक्ताले उपहार योजनामा सहभागिता जनाउन सक्छन् ।
प्रतिक्रिया दिनुहोस