aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

थप १४८६ जनामा कोरोना संक्रमण, १२६० जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २८ भदौ २०७८
थप १४८६ जनामा कोरोना संक्रमण, १२६० जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १४८६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ११४९ जना र एन्टिजन परिक्षण गर्दा ३३७ जना गरि जम्मा १४८६ जना नयाँ संक्रमित थपिएका हुन् ।   

त्यस्तै, पछिल्लो २४ घण्टामा १२६० जना कोरोनामुक्त भएका छन् योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९५.२ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या १६ रहेको छ ।  यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९ सय ६५ रहेको छ । 

पछिल्लो २४ घण्टामा १६ हजार ५३८ जनाको कोरोना परिक्षण गरेका थिए भने ९१ हजार ८३० जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ ।    
 

प्रतिक्रिया दिनुहोस