
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई नेपालले ५ विकेटले पराजित गरेको छ । नेपालको जितका लागि कुशल भुर्तेल र रोहित कुमार पौडेलले शानदार प्रर्दशनले अमेरिका नेपालसँग ५ विकेटले पराजित भएको हो ।
नेपालको जितमा ओपनर कुशल ले ८४ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ९३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । कुशलको यो एकदिवसीय अन्तराष्ट्रियमा पहिलो अर्धशतक हो ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो । २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो ।
प्रतिक्रिया दिनुहोस