aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

थप १५६२ जनामा कोरोना संक्रमण, १५८९ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ भदौ २०७८
थप १५६२ जनामा कोरोना संक्रमण, १५८९ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १५६२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ११८० जना र एन्टिजन परिक्षण गर्दा ३८२ जना गरि जम्मा १५६२ जना नयाँ संक्रमित थपिएका हुन् ।        

त्यस्तै, पछिल्लो २४ घण्टामा १५८९ जना कोरोनामुक्त भएका छन् योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९५.२ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या १९ रहेको छ ।  यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९ सय ८४ रहेको छ ।   

पछिल्लो २४ घण्टामा १४ हजार ४४३ जनाको कोरोना परिक्षण गरेका थिए भने ८८ हजार १८४ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या २६ हजार २०२ रहेको छ ।    
 

प्रतिक्रिया दिनुहोस