aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

रक गार्डेनमा टिकटक बनाउदा चिप्लेर पवित्रा लम्साल वेपत्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३० भदौ २०७८
रक गार्डेनमा टिकटक बनाउदा चिप्लेर पवित्रा लम्साल वेपत्ता

काठमाडौं । टिकटक बनाउने क्रममा तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेती नदी (रक गार्डेन) मा खस्दा एक युवती बेपत्ता भएकी ईलाका प्रहरी कार्यालय बेलचौतारा जनाएको छ । १९ वर्षीया पवित्रा लम्साल रहेको प्रहरीले जनाएको छ ।

५ दिनअघि विवाह गरेकी लम्साल दुल्हन फर्काउन माइत आएको प्रहरीले जनाएको छ ।  मंगलबार दिउँसो दुई साथीहरुसँग घुम्न पुल्चोक गएकी उनी टिकटक बनाउने क्रममा चिप्लिएर बेपत्ता भएकी हुन् । नदीमा खसेपछि उनका साथीहरुले प्रहरीलाई खबर गरेका थिए । बेपत्ता लम्सालको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस