
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १७६० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १३३२ जना र एन्टिजन परिक्षण गर्दा ४२८ जना गरि जम्मा १७६० जना नयाँ संक्रमित थपिएका हुन् ।
आज थपिएका मध्ये भक्तपुरका ६३ जना, ललितपुरका ७२ जना र काठमाडौंका ३६० जना रहेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा १२२० जना कोरोनामुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा मृतकको संख्या ७ रहेको छ । पछिल्लो २४ घण्टामा १६ हजार ८४४ जनाको कोरोना परिक्षण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस