aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

थप १५५८ जनामा कोरोना संक्रमण, १३५१ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ असोज २०७८
थप १५५८ जनामा कोरोना संक्रमण, १३५१ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १५५८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १०८६ जना र एन्टिजन परिक्षण गर्दा ४७२ जना गरि जम्मा १५५८ जना नयाँ संक्रमित थपिएका हुन् ।   

त्यस्तै, पछिल्लो २४ घण्टामा १३५१ जना कोरोनामुक्त भएका छन् योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९५.३ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या १० रहेको छ ।  यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १२ रहेको छ । 

पछिल्लो २४ घण्टामा १२ हजार ३८५ जनाको कोरोना परिक्षण गरेका थिए भने ६० हजार १५९ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या २५ हजार ४९७ रहेको छ ।    
 

प्रतिक्रिया दिनुहोस