aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

आँधीका कारण जापानका ४९ उडान रद्ध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०२ असोज २०७८
आँधीका कारण जापानका ४९ उडान रद्ध

टोकियो । आँधीका कारण जापानमा ४९ उडान रद्ध भएका छन् ।  चान्थुमा आएको आँधीका कारण कम्तीमा पाँच जना घाइते भएको जनाइएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन् ।
 
जापानको दक्षिणपश्चिमी क्षेत्रका उडान रद्ध भएको स्थानीय सञ्चार माध्यमहरूले शनिबार समाचार सम्प्रेषण गरेका छन् । आँधीले नागासाकी, फुकुओका, सागा लगायतका क्षेत्रमा असर पारेको पनि सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । 

आँधी प्रति सेकेण्ड ३० मीटरको गतिमा आएको थियो ।  जापानमा आँधी, भूकम्पलगायतका प्राकृतिक प्रकोपका कारण बर्षेनी धनजनको  ठूलो क्षति हुने गरेको छ। एएनआई

प्रतिक्रिया दिनुहोस