aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

यामाहा महाएक्सचेन्ज मेला शुरु, बजार मूल्यभन्दा २५ हजार बढी दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ बैशाख २०७६
यामाहा महाएक्सचेन्ज मेला शुरु, बजार मूल्यभन्दा २५ हजार बढी दिने

काठमाडौं,  वैशाख ९ । नेपालका लागि यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा ब्रान्डमा अपग्रेड हुन आह्वान गर्दै एक्सचेन्ज मेला शुरु गरेको छ । मेला काठमाडौंको भृकुटीमण्डपमा वैशाख ९ गतेदेखि  १४  गतेसम्म सञ्चालन हुनेछ । 
मेलाको उद्घाटन मिस नेपाल, २०१८ श्रृंखला खतिवडा, इन्डिया यामाहा मोटर्सका भाइस प्रिसिडेन्ट सेल्स, मिस्टर ताकासी यामडा र यामाहा मोटर्स इन्डियाका चिफ मेनेजर हिमांशु शर्माले संयुक्त रुपमा गर्नु भएको थियो । 

यामाहा महाएक्सचेन्ज मेलामा ग्राहकले जुनसुकै ब्रान्डको पुरानो मोटरसाइकलको प्रचलित बजार मूल्यांकनभन्दा थप २५ हजार रुपैयाँ मूल्यांकन हुनेछ । साथै ग्राहकले एक लाख रुपैयाँसम्म नगद छुट, फ्रि एसेसोरिज, अन द स्पट फाइनान्सिङ सेवा, टेस्ट राइडमा आकर्षक उपहार पनि पाउनुहुनेछ । महाएक्सचेन्ज मेलामा सेलिब्रिटी वाक इन, फ्रि लाइसेन्स ट्रायल, टेस्ट राइड, राइड कम्पिटिसन, डोर प्राइज र फुडस्टल पनि हुनेछन् । 


मेलामा एक्सचेन्जका अलावा जुनसुकै ब्रान्डका मोटरसाइकलको फ्रि वास र फ्रि चेकअप पनि हुनेछ । महाएक्सचेन्ज मेला यामाहाको हालसम्मकै ठूलो मेला हुने एमएडब्लुको भनाइ छ । 

यामाहा एफजीएस एफआई भी ३.० सार्वजनिक
महाएक्सचेन्ज मेलामा एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित यामाहा एफजीएस एफआई भी ३.० पनि सार्वजनिक गरेको छ । द हिमालायन रोडिज्का जज दिया मास्के र रेमनदास श्रेष्ठले नयाँ एफजीएस एफआई भी३.० अनावरण गर्नु भएको हो । 

एफजीको विरासत र ‘सिग्नेचर स्टाइलिङङलाई निरन्तरता दिँदै बजारमा ल्याइएको यामाहा एफजीएस–एफआई भी ३.० अत्याधुनिक ‘एफआई’ (फ्युल इन्जेक्सन) प्रविधि र ‘एबीएसङ (एन्टिलक ब्रेकिङ सिस्टम) दुवै भएको १५० सीसी सेग्मेन्टकै पहिलो मोटरसाइकल हो । 

अहिले रोमाञ्चक राइडका लागि अपरिहार्य बनेको सेफ्टी फिचर ‘एबीएस’ जडित शक्तिशाली यामाहा एफजीएस–एफआई भी ३.० लाई गर्वका साथ ‘दी लर्ड अफ दी स्ट्रिट’ भन्न सकिन्छ । एबीएस र फ्युल इन्जेक्टेड ब्लुकोर इन्जिनले एफजीएस–एफआई भी ३.० लाई आर्थिक र वातावरणीय रुपमा १५० सीसीको सर्वोत्कृष्ट मोटरसाइकल बनाएको छ । यामाहा एफजीएस–एफआई भी ३.० को प्रारम्भिक मूल्य तीन लाख नौ हजार नौ सय रुपैयाँ रहेको  कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस