aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

कोरोना संक्रमित भन्दा निको हुने दोब्बर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ असोज २०७८
कोरोना संक्रमित भन्दा निको हुने दोब्बर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७३४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ६५६ जना र एन्टिजन परिक्षण गर्दा ७८ जना गरि जम्मा ७३४ जना नयाँ संक्रमित थपिएका हुन् ।    

त्यस्तै, पछिल्लो २४ घण्टामा १४१३ जना कोरोनामुक्त भएका छन् योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९५.५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या १२ रहेको छ ।  यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४० रहेको छ ।  

पछिल्लो २४ घण्टामा १० हजार १३ जनाको कोरोना परिक्षण गरेका थिए भने २१ हजार ३६० जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या २४ हजार ३१३ रहेको छ ।    
 

प्रतिक्रिया दिनुहोस