
काठमाडौं । गुण एयरलाइन्सले असोज १ गतेदेखि नियमित उडान सुरु गरेको छ । गुणले पहिलो उडान काठमाडौं–भरतपुर–काठमाडौं र काठमाडौं–पोखरा–काठमाडौं गरेको छ ।
सन् २००९ मा स्थापना भएको गुण एयसलाइन्स फेरि आफ्नै ब्राण्डको नाम गुण एयसलाइन्सबाट सञ्चालनमा आएको हो । यस एयसलाइन्सले अमेरिकन विचक्र्याफ्ट १८ सिट क्षमताको दुई वटा जहाजबाट सेवा र कम्पनीको अग्रिम टिकट बुकिङसमेत शुरु गरेर नियमित उडान थालेको हो ।
ब्रिटिश जहाज ३० सिट क्षमताको ५ वटा जेटस्ट्रिम हालै मात्र खरिद गरिएको र उडान अनुमतिको प्रक्रिया अन्तिम चरणमा रहेको तथा अनुमति प्राप्त हुनसाथ भद्रपुर, वराटनगर, जनकपुर, सिमरा, भैरवहवा, तुम्लिङटार र नेपालगञ्जमा उडान शुरु गर्ने कम्पनीले जनाएको छ ।
हाल यस कम्पनीसँग सात वटा जहाज छन् । आन्तरिक उडानमा विद्युतीय एयर कन्डिशन बस प्रयोग गर्ने पहिलो एयरलाइन्सको रुपमा गुण एयरलाइन्स पहिलो बनेको छ ।
क्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई वातावरण अनुकुल बनाउने उदेश्यका साथ यात्रु ओसार–पसारका लागि दुई वटा वीद्युतीय बस सञ्चालनमा ल्याइएको गुण एयरलाइन्सले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस