
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १०९५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ९७५ जना र एन्टिजन परिक्षण गर्दा १२० जना गरि जम्मा १०९५ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २९५७ जना कोरोनामुक्त भएका छन् योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९५.८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ८ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४८ रहेको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार ८१७ जनाको कोरोना परिक्षण गरेका थिए भने २२ हजार १९२ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ रहेको छ ।
प्रतिक्रिया दिनुहोस