aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

२४ घण्टामा देशभर एक हजार ३ सय ३० जना कोभिड–१९ संक्रमित थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ असोज २०७८
२४ घण्टामा देशभर एक हजार ३ सय ३० जना कोभिड–१९ संक्रमित थपिए

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर एक हजार ३ सय ३० जना कोभिड–१९ संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ६ सय २२ वटा नमुनाको परीक्षण गर्दा एक हजार ३ सय ३० जनामा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा कोरोनाका कारण पाँचजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा एक हजार ८ सय ३० जना संक्रमणमुक्त भएका छन्। हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २१ हजार ५ सय २४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस