aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

बागमती प्रदेशको सबै खाले सवारी कर, दर्ता र नविकरणको शुल्क  इसेवाबाट भुक्तानी गर्न सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ असोज २०७८
बागमती प्रदेशको सबै खाले सवारी कर, दर्ता र नविकरणको शुल्क  इसेवाबाट भुक्तानी गर्न सकिने

काठमाडौं । बागमती प्रदेशमा दर्ता भएका सबै खाले सवारी साधनको कर तथा राजस्व, सवारी दर्ता तथा नविकरणको शुल्क इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । वाग्मती प्रदेश सरकार र इसेवाको सहकार्यमा सवारी साधनको कर, दर्ता र नविकरण अनलाइनबाटै  गर्न सकिने सेवाको सुरूवात भएको हो । 

यससँगै अब सवारी साधनको कर तिर्न, सवारी दर्ता तथा नविकरण तथा इन्स्योरेन्स्को भुक्तानी गर्न यातायात कार्यालयमा गइ लामो लाइन लाग्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ । दई पांग्रे, चार पांग्रे, ठ्ला तथा हेवी सावारी, निजी तथा सार्बजनिक कुनै पनि किसिमका सवारी साधनको कर, दर्ता र नविकरण इसेवाबाटै  गर्न सकिनेछ ।  

इसेवा एकाउन्ट भएका प्रयोगकर्ताले आफ्नो मोबाईलबाटै  कर भुक्तानी, दर्ता र नविकरण  गर्न सकिन्छ भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकको इसेवा जोन तथा पोइन्टबाट सेवा लिन सकिन्छ । 
 

प्रतिक्रिया दिनुहोस