aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी भोलि नेपाल आउँदै, नेपालमा खेल्नेछन् २ वटा म्याच

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ असोज २०७८
पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी भोलि नेपाल आउँदै, नेपालमा खेल्नेछन् २ वटा म्याच

काठमाडौँ। पाकिस्तानी क्रिकेट टिमका पूर्व कप्तान शाहिद खान अफ्रिदी भोलि नेपाल आउँदै छन्। उनी सेप्टेम्बर २३ अर्थात् भोलि कतार एयरवेजको उडान क्युआर ६५० मार्फत काठमाडौँमा अवतरण गर्न लागेका हुन्। नेपाल बसुन्जेल ४ दिन उनी होटेल सोल्टीमा रहनेछन्। 

उनको ब्याटिङ शैलीको कारण उनलाई उपनाम "बूम बूम" अफ्रिदी नामले समेत चिनिन्छन्। सामान्य शैली भन्दा धेरै आक्रामक ब्याटिङ गर्ने हुनाले भारतीय क्रिकेटर रवि शास्त्रीले उनलाई सो उपनाम दिएका थिए । 

उनी यहाँ रहँदा दुई वटा खेल खेल्नेछन्। अफ्रिदीले सेप्टेम्बर २५ मा नेपालमा पहिलो खेल खेल्नेछन् र अर्को खेल सेप्टेम्बर २७ मा खेल्नेछन्। उनले काठमाडौँ किङ्ग ११ मा आयोजना हुने पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने पनि कार्यक्रम रहेको छ। 

अफ्रिकीले पर्सि शुक्रवार सेप्टेम्बर २४ तारिकका दिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेट्ने कार्यक्रम छ। व्यस्त कार्य तालिकाको बाबजुद उनले माउन्टेन फ्लाइटको माध्यमबाट सुन्दर नेपाल भ्रमण समेत गर्ने छन्। 

उनी आइतबार सेप्टेम्बर २६ मा दराज, शिवम सिमेन्ट र बजाज पल्सर टिभीएसका विभिन्न कार्यक्रममा सहभागी हुनेछन्। असोज ११ गते सोमबार उनी स्वदेश फिर्ता जाने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस