aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

थप १२३९ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ असोज २०७८
थप १२३९ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १२३९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ९४१ जना र एन्टिजन परिक्षण गर्दा २९८ जना गरि जम्मा १२३९ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १३२४ जना कोरोनामुक्त भएका छन् योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९६ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या १३ रहेको छ ।  यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७२ रहेको छ ।  

पछिल्लो २४ घण्टामा १५ हजार २४३ जनाको कोरोना परिक्षण गरेका थिए भने एक लाख ३८ हजार ३८५ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या २० हजार ७४३ रहेको छ ।     
 

प्रतिक्रिया दिनुहोस