aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

थप १४७६ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ असोज २०७८
थप १४७६ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १४७६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ११०३ जना र एन्टिजन परिक्षण गर्दा ३७३ जना गरि जम्मा १४७६ जना नयाँ संक्रमित थपिएका हुन् ।     

त्यस्तै, पछिल्लो २४ घण्टामा १५५० जना कोरोनामुक्त भएका छन् योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९६.३ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ९ रहेको छ ।  यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८१ रहेको छ ।  

पछिल्लो २४ घण्टामा १५ हजार ६९० जनाको कोरोना परिक्षण गरेका थिए भने एक लाख ७२ हजार ५९० जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या २० हजार २८७ रहेको छ ।       
 

प्रतिक्रिया दिनुहोस