
काठमाडौं । पछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०५० पीसीआर परीक्षणमा ७९० र ३५२९ एन्टिजेन परीक्षणमा १६३ जना गरी ९५३ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण १३७१ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, नेपालमा ९६.११ प्रतिशत कोरोना सक्रमण मुक्त भएका छन् भने सक्रिय संक्रमित २.४९ प्रतिशत र मृत्यु हुने १.४० प्रतिशत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस