
एजेन्सी । गत २४ घण्टामा भारतमा २६ हजार ४ सय १ नँया संक्रमित विरामी थपिएका छन्। यसका साथै भारतको सक्रिय संक्रमित संख्या २ लाख ९९ हजार ६ सय २० पुगेको छ जुन १ सय ९१ दिनमा देखिएको सबै भन्दा कम संख्या हो। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हाल सक्रिय संक्रमित संख्या देशको कुल सकरात्मक संख्या को ०.८९ प्रतिशत पुगेको छ।
गत २४ घण्टामा २९ हजार ६ सय २१ जना विरामी निको भएका छन्। हालसम्म देशमा ३ करोड २९ लाख ३१ हजार ९ सय ७२ जना विरामी निको भइसकेका छन्। देशको संक्रमण मुक्त दर हाल ९७.७८ प्रतिशत पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ३८ लाख १८ हजार ३ सय ६२ खोप खुराक प्रदान गरिएको छ। यसका साथै देशमा हालसम्म ८६ करोड १ लाख खोप खुराक प्रदान गरिएको छ।
सोमबार बिहान ७ बजेसम्म मा २२ करोड ६९ लाख ४२ हजार ७ सय २५ जनाले खोप का दुवै खुराक प्राप्त गरेका छन्। अर्थात् योग्य जनसंख्या को २४ प्रतिशत ले दुवै खुराक प्राप्त गरे भने देशको कुल जनसंख्या को १६।३ प्रतिशत मात्र ले दुवै खुराक प्राप्त गरेका छन्।
गत २४ घण्टामा ११ लाख ६५ हजार ६ वटा नमुना परीक्षण गरिएको छ। यसका साथै देशमा हालसम्म ५६ करोड ४४ लाख नमुना परीक्षण भइसकेको छ। इण्डिया न्युजनेटवर्क
साप्ताहिक सकरात्मक दर हाल १।९४ प्रतिशत पुगेको छ। लगातार ९४ दिन सो दर ३ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ। दैनिक सकारात्मक दर हाल २।२४ प्रतिशत पुगेको छ। लगातार २८ दिन सो दर ३ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ।
प्रतिक्रिया दिनुहोस