aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

‘एयरलाइन अफ दि इयर’को अवार्ड कतार एयरवेजले पायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ असोज २०७८
‘एयरलाइन अफ दि इयर’को अवार्ड कतार एयरवेजले पायो

दोहा । कतार एयरवेजले ‘एयरलाइन अफ दि इयर’को अवार्ड पाएको छ ।  अन्तर्राष्ट्रिय हवाई यातायात मूल्याङ्कन संगठन स्काइट्रेक्सले कतार एयरवेजलाई उक्त अवार्ड दिने घोषणा गरेको हो ।  एयर एअरवेजले योसँगै अन्य थप पाँचवटा अवार्ड पनि पाएको छ ।  एयरवेजले वर्ल्ड बेस्ट बिजनेस क्लास, वर्ल्ड बेस्ट बिजनेस क्लास एयरलाइन लाउन्ज, वर्ल्ड बेस्ट बिजनेस क्लास एयरलाइन सिट, वर्ल्ड बेस्ट बिजनेस क्लास अन बोर्ड क्याटरिङ र बेस्ट एयरलाइन इन मिडल इस्टको अवार्ड पाएर सम्मानित भएको छ ।

एयर वेज योसँगै छैठौं पटक ‘एयरलाइन अफ दि इयर’बाट सम्मानित भएको छ ।  उड्डयन उद्योगको ओस्कारका रुपमा परिचित द २०२१ स्काइट्रेक्स अवाड्सले सेप्टेम्बर २०१९ देखि जुलाई २०२१ सम्मको अवधिका र सामान्य अवस्थाको यात्राका साथै महामारीको समयको यात्राको संयुक्त प्रतिनिधित्व गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस