aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

निषेधाज्ञा बारे ललितपुर जिल्ला प्रशासनको स्पष्टोक्ति

  • रासस
    रासस
  • विहीबार, १४ असोज २०७८
निषेधाज्ञा बारे ललितपुर जिल्ला प्रशासनको स्पष्टोक्ति

ललितपुर । जिल्लाभर भइरहेका सभासम्मेलन प्रभावित हुने गरी कुनै पनि आदेश जारी नभएको ललितपुर जिल्ला प्रसाशन कार्यालयले स्पष्ट पारेको छ । 

कार्यालयले गत भदौ ३१ गतेदेखि सार्वजनिक शान्ति सुरक्षा व्यवस्थामा असर नपर्नेगरी राजनीतिक दल, तिनका भातृ सङ्गठन तथा विभिन्न सङ्घसंस्थालाई सभासम्मेलन, बैठक, गोष्ठी, अन्तक्र्रियालगायत कार्यक्रम गर्न अनुमति दिएको थियो ।

कार्यालयका प्रवक्ता ललितकुमार बस्नेतले यस अघिका निर्णयमा कुनै पनि परिवर्तन नभएको राससलाई जानकारी दिए । उनले नेपाल सरकारले जारी गरेको कोभिड–१९ सम्बन्धी मापदण्डको पालना गर्दै कार्यक्रम गर्न पाउने व्यवस्था यथावत रहेको स्पष्ट पारे ।

संविधान प्रदत्त नागरिकको मौलिक अधिकार र राजनीतिक गतिविधि गर्ने स्वतन्त्रताप्रति कार्यालय पूर्ण सचेत र प्रतिबद्ध रहेकोसमेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस