aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

जिल्ला प्रशासनको आदेश विपरित एमालेको विद्यान सम्मेलन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ असोज २०७८
जिल्ला प्रशासनको आदेश विपरित एमालेको विद्यान सम्मेलन

काठमाडौं । नेकपा एमालेले जिल्ला प्रशासनको आदेश विपरित आफ्नो विधान महाधिवेशन शुक्रबारदेखि  शुरु गर्दैछ । ललितपुरको गोदावरीस्थित नयाँ सम्मेलन केन्द्र सनराईज केन्द्रमा मध्याह्न साढे १२ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नेछन ।  उक्त सम्मेलनमा देशभरबाट ६ हजारभन्दा बढी प्रतिनिधिहरूको सहभागितामा हुने एमालेले जनाएको छ ।

कोरोना महामारीप्रति संवेदनशील हुँदै मास्क, सेनिटाइजरको प्रयोग र थर्मल गनबाट शरीरको तापमान लिने व्यवस्था मिलाइएको भनिएको छ । तर, तीन वटै जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र काठमाडौंले सभा, सम्मेलन, भोज तथा भिडभाड नगर्न भन्दै बुधबार सार्वजनिक सूचना प्रकाशित गरेर सबैलाई जानकारी गराएको छ । 

उद्घाटन सत्रपछि महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उप(महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस