aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

भायानेटले ल्यायो ‘बडा दशैंमा बडा स्पीड, बडा टिभी’ अफर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ असोज २०७८
भायानेटले ल्यायो ‘बडा दशैंमा बडा स्पीड, बडा टिभी’ अफर

काठमाडौं । नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्र्रदायक हो, भायानेट । आफ्ना ग्राहकहरुलाई सेवाहरु र अफरहरु प्रदान गर्ने कुरामा भायानेट सधैं अगाडि हुन्छ । 

यसै क्रममा यो बडा दशैंमा आफ्ना ग्राहकहरुलाई उही मूल्यमा बढी स्पीड भएको इन्टरनेट र भायाटिभी प्याकेजहरुका साथ ३२ र ५५ इन्चको एमआई एन्ड्रोइड टिभीमा भारी छुट दिनको लागि भायानेट बडा दशैंमा, बडा स्पीड, बडा टिभी अफर भायानेटले ल्याएको छ ।

यस अफर अन्तर्गत भायानेटको नयाँ तथा पुराना ग्राहकहरुले भायानेटको सुपर स्पीड इन्टरनेट र १७५ ं च्यानल भएको भायाटिभीको कम्बो प्याकेजको वार्षिक सदस्यतामा उही मूल्यमा अझ बढी स्पीड पाउन सक्नेछन् ।  

साथ–साथै भायानेटले साओमीसँगको सहकार्यमा भायानेटको इन्टरनेट र भायाटिभी प्याकेजसँगै एमआई एण्ड्रोइड टिभी बण्डल गरेको छ । यस बण्डलको खरिदमा ग्राहकले ३२ र ५५ इन्चको एमआई एण्ड्रोइड टिभीमा २२ प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।  
 

प्रतिक्रिया दिनुहोस