
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १०६६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ८९८ जना र एन्टिजन परिक्षण गर्दा १६८ जना गरि जम्मा १०६६ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ९३८ जना कोरोनामुक्त भएका छन् योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९६.३ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या १३ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १४८ रहेको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार ३६८ जनाको कोरोना परिक्षण गरेका थिए भने दुई लाख १७ हजार ३९१ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या १८ हजार ११५ रहेको छ ।
प्रतिक्रिया दिनुहोस