aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

विद्युत प्राधिकरणलाई कारबाही गर्न दूरसञ्चार प्राधिकरणको अनुरोध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १६ असोज २०७८
विद्युत प्राधिकरणलाई कारबाही गर्न दूरसञ्चार प्राधिकरणको अनुरोध

काठमाण्डौ ।  नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई कारबाही गर्ने सूचना जारी गरेको छ । एक सूचना प्रकाशित गर्दै विद्युत् प्राधिकरणका कारण  देशका विभिन्न ठाउँमा इन्टरनेट सेवा प्रभावित भएको भन्दै प्राधिकरणले विज्ञप्ति निकालेर छलफलबाट समस्या समाधान गर्नुपर्नेमा अत्यावश्यक सेवा अन्तर्गत पर्ने इन्टरनेट सेवा नै बन्द हुने गरी तार काटिनु दुखद् विषय भएको जनाएको हो ।

 पोल भाडा दर विवाद समाधान गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघ नेपालबीच छलफल भैरहेको अवस्थामा अचानक तार काट्नु गलत भएको र दूरसञ्चार ऐन, २०५३ अनुसार यो दण्डनीय क्रियाकलाप भएकोलेआवश्यक सेवाको बन्द गर्ने जो कोहीलाई कानुनी कारबाही गर्न र यस्ता पूर्वाधारको सुरक्षा गर्न सम्बन्धित सबैलाई दूरसञ्चार प्राधिकरणले अनुरोध गरेको छ  ।

प्रतिक्रिया दिनुहोस