aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

दशैंको विदामा बोलाउँदैछ मनास्लु हिमालले (हेर्नुहोस् तस्बिरमा)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ असोज २०७८
दशैंको विदामा बोलाउँदैछ मनास्लु हिमालले (हेर्नुहोस् तस्बिरमा)

काठमाडौं । दशैं मान्यजनहरुको हातबाट टिका थाप्ने चाड मात्र नभएर धेरैका लागि घुमडुल गर्ने अवसर पनि बन्ने गरेको छ । वर्षभरि कामको व्यस्ततामा रहेका मानिसहरुका लागि सबै भन्दा लामो विदाको अवसर हो, दशैं विदा । 

त्यसैले रमणिय ठाउँ घुम्ने, साहसिक यात्रा गर्ने र जीवनमा नयाँ अनुभूमि थप्ने मौकाकोरुपमा दशैंलाई उपयोग गर्नेहरुका लागि एउटा अनुपम गन्तव्य बन्न सक्छ मनास्लु हिमाल ।  

मनास्लु अथवा मनासलु जसलाई कुताङ्ग भनेर पनि भनिन्छ । यो संसारको आठौँ अग्लो हिमाल हो । यो मानसिरी पर्वतशृखलामा रहेको छ । यो नेपाली हिमालय शृखलाको एक भाग हो । यसको उचाई ८ हजार १६६ मिटर छ । 

तर, यसको यात्राका लागि पवर्तारोहण नै गगर्नु पर्छ भन्ने छैन । यसका फेदिमा गरिने पदयात्रा पनि उत्तिकै रोमाञ्चक बन्न सक्छ । त्यसैले यहाँ सो हिमालका तस्बिरहरु प्रस्तुत गरिएको छ । जसले तपाईको मन लोभ्याउन सक्छ ।   

तस्विरः कल्चरल ट्रेर्कस एण्ड एक्पिडिसन

 

 

प्रतिक्रिया दिनुहोस