aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

कोरोना संक्रमित भन्दा निको हुनेको संख्या दोब्बर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ असोज २०७८
कोरोना संक्रमित भन्दा निको हुनेको संख्या दोब्बर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६७९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ५७४ जना र एन्टिजन परिक्षण गर्दा १०५ जना गरि जम्मा ६७९ जना नयाँ संक्रमित थपिएका हुन् ।   

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको भन्दा निको हुनेको संख्या दोब्बर रहेको छ । यस अवधिमा १४०५ जना कोरोनामुक्त भएका छन् योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९६.५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ७ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १६४ रहेको छ ।  

पछिल्लो २४ घण्टामा १० हजार ९२० जनाको कोरोना परिक्षण गरेका थिए भने २६ हजार ४१९ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या १६ हजार ८०४ रहेको छ ।       
 

प्रतिक्रिया दिनुहोस