aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

-याफ्टिङका क्रममा सुनकोसीमा खसेर एकको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ असोज २०७८
-याफ्टिङका क्रममा सुनकोसीमा खसेर एकको मृत्यु
फाइल तस्विर

दोलखा । -याफ्टिङका क्रममा सुनकोसीमा खसेर एक जनाको मृत्यु भएको छ । दोलखा जिल्ला मेलुङ गाउँपालिका–४ का २२ वर्षीय साजन खड्काको आज मृत्यु भएको हो ।

सुनकोसी नदीको चौतारा साँगाचोकगढी नगरपालिका–९ स्थित डुम्रे खण्डमा उनी डुङ्गाबाट नदीमा खसेका थिए । नदीमा खसेर बेपत्ता भएका उनको दुई घण्टापछि शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । शनिबार सुकुटेबीच रिसोर्टमा बास बसेका उनी रिसोर्टबाट ‘चेकआउट’ भई स्प्लास नेपाल एड्भेञ्चर कम्पनीबाट (याफ्टिङमा गएका थिए ।

प्रतिक्रिया दिनुहोस