aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

कोरोना संक्रमितको ग्राफ बढ्न थाल्यो, पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ असोज २०७८
कोरोना संक्रमितको ग्राफ बढ्न थाल्यो, पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणको संख्या वृद्धि हुन थालेको छ । सोमबार १ हजार ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार ६७९ जना नयाँ संक्रमित थपिएका थिए ।

 आइतबार आरटी पीसीआर परिक्षण गर्दा ५७४ जना र एन्टिजन परिक्षण गर्दा १०५ जना गरि जम्मा ६७९ जना नयाँ संक्रमित थपिएका थिए । भने सोमबार   ५ हजार ८९३ पीसीआर परीक्षण गर्दा ८१२ जना र ४ हजार ९८१ एन्टिजेन परीक्षण गर्दा २१८ गरी १ हजार ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको  जनाएको छ ।

कोरोना संक्रमणबाट पछिल्ले २४ घण्टामा १० जनाको मृत्यु भएको छ भने १ हजार जना निको भएका छन् । यस्तै १० वर्ष मुनिका १९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६३ जना कोरोना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ  ।
 

प्रतिक्रिया दिनुहोस