aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

चिप्ससहितको विद्युतिय पासपोर्टको सेक्युरिटी फिचर स्विकृति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० असोज २०७८
चिप्ससहितको विद्युतिय पासपोर्टको सेक्युरिटी फिचर स्विकृति

काठमाडौं । सरकारले केहि समयभित्रै जारी गर्न लागेको विद्युतीय राहदानीमा रहने विभिन्न सुरक्षासम्बन्धी विशेषता (सेक्युरिटी फिचर) हरु स्वीकृत गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विद्युतीय राहदानीमा रहने विशेषता स्वीकृत गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

सरकारले आगामी ३ महिनाभित्रै विद्युतीय राहदानी सञ्चालनमा ल्याउने तयारी गरेको छ। अहिलेकै शुल्कमा सेवाग्राहीहरुले हालको भन्दा धेरै गुणस्तरीय चिप्स सहितको विद्युतीय राहदानी प्राप्त गर्न सक्ने राहदानी विभागले यसअघि नै जानकारी दिएको हो। यसका साथै बैठकले ‘रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका, २०७८’ पनि स्वीकृत गरेको छ।

प्रतिक्रिया दिनुहोस