aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

पछिल्लो २४ घण्टामा उपत्यकामा ४४० जनामा कोरोना पोजेटिभ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० असोज २०७८
पछिल्लो २४ घण्टामा उपत्यकामा ४४० जनामा कोरोना पोजेटिभ

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा ३४४, ललितपुरमा ६१ र भक्तपुरमा ३५ जना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा दशैभरीमा १०४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भएका छन । मन्त्रालयका अनुसार ११ हजार १६५ पीसीआर परीक्षणमा ८४९ जना र ४,३०० एन्टिजेन परीक्षणमा १९४ जना गरी १०४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरीमा १२ जनाको मृत्यु भएको छ । 

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमक्त हुनेको संख्या ८९१ रहेको छ । नेपालमा ९६.५८ प्रतिशत निको भएको मन्त्रालयले जनाएको छ ।  हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १६ हजार १९४ जना रहेका छन् । 

प्रतिक्रिया दिनुहोस