
एजेन्सी । ५ अक्टोबरको साँझ टेलीग्राम एपको लागी ऐतिहासिक दिन बनेको छ । यस दिन ७ करोड प्रयोगकर्ताहरु यो एपसंग नयाँ प्रयोगकर्ता जोडिएको छन । टेलिग्रामको सफलताको लागी फेसबुक आउटेज मुख्य कारण बन्न पुग्यो । अक्टोबर ५ तािरक एकै दिन साँझ फेसबुक सहित व्हाट्सएप र इन्स्टाग्राम, ६ घण्टा ४२ मिनेटछ बन्द थियो । अहिले टेलीग्रामका प्रयोगकर्ता दैनिक ५० करोडभन्दा बढी भएका छन् ।
टेलिग्रामका सीईओ पावेल दुरोभले भने,' फेसबुक आउटेजको समयमा धेरै प्रयोगकर्ताहरु टेलिग्रामका प्रयोगकर्ता बनेका छन ।' टेलीग्रामको दैनिक वृद्धि दर परिणामको क्रममा बेंचमार्क भन्दा पनि पार गरेको छ । एकै दिनमा अन्य प्लेटफार्महरुबाट ७ मिलियनभन्दा बढी प्रयोगकर्ताहरुलाई स्वागत गरेका उनले बताए ।
व्हाट्सएप आउटेज ट्र्याक गर्ने वेबसाइट डाउन्डेक्टरका अनुसार ४० प्रतिशत प्रयोगकर्ताहरु एप डाउनलोड गर्न असमर्थ भएका थिए । ३० प्रतिशतलाई सन्देश पठाउने समस्या झेलेका थिए । भने २२ प्रतिशत वेब संस्करणसंग समस्या थियो ।
भुक्तानीमा आधारित टेलिीग्राम २०१७ मा सञ्चालनमा आएको हो । प्रयोगकर्ताहरुलाई सुरक्षित तरीकाले भुक्तानी गर्न अनुमति दिन्छ । अब यहाँ व्यापारीहरु कुनै पनि च्याटमा क्रेडिट कार्ड भुक्तानी गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस