काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८०५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ६६७ जना र एन्टिजन परिक्षण गर्दा १३८ जना गरि जम्मा ८०५ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ९११ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९६.६ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ८ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २०० रहेको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ६७२ जनाको कोरोना परिक्षण गरेका थिए भने ५७ हजार १५८ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या १५ हजार ९४२ रहेको छ ।
प्रतिक्रिया दिनुहोस