aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

हुवावेद्धारा नेपालमा सिड्स फर द फ्युचर कार्यक्रम शुरुवात

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ असोज २०७८
हुवावेद्धारा नेपालमा सिड्स फर द फ्युचर कार्यक्रम शुरुवात

काठमाडौं । आफ्नो डिजिटल प्रतिभा विकास इकोसिस्टमको एक अंशको रूपमा हुवावेले सिड्स फर द फ्युचरको शुरुवात गरेको छ । जुन आफ्नो ग्लोबल फ्लयागशिप सिएसआर कार्यक्रम नेपालका सबै आईसीटी सम्बन्धी बिषयहरुका स्नातक स्तरका विद्यार्थीहरुको लागि आज ललितपुरमा आयोजित पत्रकार सम्मेलनको दौरान गरिएको हो । 

हुवावेले नेपालमा यो कार्यक्रम ल्याएको यो पहिलो वर्ष हो । कार्यक्रम पहिलो पटक थाईल्याण्डमा २००८ मा शुरू भएको थियो । तब देखि १३० देश र क्षेत्रहरुबाट ९ हजार विद्यार्थीहरु कार्यक्रममा सहभागी भइसकेका छन् । यस बर्ष एक प्रतिस्पर्धी आवेदन प्रक्रियाबाट छनौट गरी २० जना विद्यार्थीहरुले अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिन पाउनेछन् । कार्यक्रममा ह्वावेले चयन समितिको समेत परिचय दिएको थियो जसमा प्रोडा शशिधर राम जोशी, प्रोडा सुवर्ण शाक्य र प्रो. तिमिला यामी रहेका छन् । उनीहरु सबै आइसीटी क्षेत्र का प्रतिष्ठित प्रोफेसरहरु छन् । 

यस कार्यक्रमले विद्यार्थीहरुलाई ८–दिने अन्तरक्रियात्मक अनलाइन अनुभव र नेपालमा आईसीटी उद्योगमा फर्स्ट–ह्यान्ड अन्तरदृष्टि प्रदान गर्दछ । अनलाइन कार्यक्रमको दौरान विद्यार्थीहरुले एन्ट्री लेभल र एड्भान्स्ड प्राबिधिक कोर्सेस् पाउने छन् । विद्यार्थीहरुले ह्वावे नेपाल कार्यालयको भ्रमणको माध्यमबाट नेपालको आईसीटीउद्योगमा फर्स्ट–ह्यान्ड अन्तरदृष्टि प्राप्त गर्ने छन् जहाँ उनीहरुलाई नेपालको आईसीटी उद्योगमा ह्वावेको समृद्ध अनुभवसंग परिचय गराइनेछ ।

प्रतिक्रिया दिनुहोस