aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

आईएमएस ग्रुपले बजारमा ल्यायो लिनियरफ्लक्स हाइपरसोनिक हेडफोन, ह्युमिडिफायर, एयर प्युरिफायर यस्ता छन् विशेषताहरू

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ असोज २०७८
आईएमएस ग्रुपले बजारमा ल्यायो लिनियरफ्लक्स हाइपरसोनिक हेडफोन, ह्युमिडिफायर, एयर प्युरिफायर यस्ता छन् विशेषताहरू

काठमाडौं । नेपाली बजारमा ल्याएको लिनियरफ्लक्स हाइपरसोनिक वायरलेस हेडफोन, एनर्जाइजर पावरबैंक तथा क्रेन ह्युमिडिफायर/एयर प्युरिफायरको माग बढ्दो क्रममा रहेको छ। ग्राहकहरूको बढ्दो रुचि र मागका कारण आईएमएस ग्रुपले स्मार्टडोको तथा अन्य अनलाइन प्लेटफर्ममा यी सामग्रीहरू बिक्रीका लागि उपलब्ध गराएको छ। 

यसका साथै दसैँ अफरका रूपमा स्मार्ट डोकोलगायत अन्य ई-कमर्स साइट तथा आईएमएस लिटल स्माइल्स शोरुमहरु दरवार मार्ग र सिटी सेन्टरमा यी सामानहरू १५ देखि २५ प्रतिशत फ्ल्याट डिस्काउन्टमा खरिद गर्न सकिने जनाएको छ। यी उत्पादनहरू अनलाइनका साथसाथै अफलाइन बजारमा समेत उपलब्ध छ ।

आईएमएस ग्रुपले यी तीन ओटै अमेरिकी ब्रान्डको नेपालका लागि आधिकारिक वितरकको जिम्मेवारी पाएको छ।

लिनियरफ्लक्स हाइपरसोनिक हेडफोन

लिनियरफ्लक्स बिट्स (बाइ डा. ड्रे) तथा मोन्सटर प्रडक्ट्सका इन्जिनियरहरूद्वारा स्थापना गरिएको ट्रु वायरलेस, हाइपर डेफिनिशन तथा उत्कृष्ट अडिओको अनुभव प्रदान गर्ने अमेरिकी हेडफोन निर्माता ब्रान्ड हो। यसको उत्पादन लिनियरफ्लक्स हाइपरसोनिक एक्टिभ लाइफस्टाइलका लागि तयार पारिएको हो। सन् २०१४ मा पहिलो पटक सार्वजनिक हुनुअघि यो डिभाइस २ वर्षसम्म अनुसन्धान र विकासको चरणमा रहेको थियो।

लेडि गागा, डा ड्रे, पफ ड्याडी, ब्ल्याक आइड पीज, फार इस्ट मुभमेन्ट, जे चोउ तथा वन्डर गर्ल्स जस्ता थुप्रै संगीत जगतका हस्तीहरुले प्रयोग तथा परीक्षण गरिसकेको बिक्रेताले जनाएको छन्।

यसमा संगीतको स्पष्टता तथा सुधारिएको बेसका लागि डीएल०१ इमर्सिभ साउन्ड सिस्टम समावेश गरिएको छ। पानी नछिर्ने (वाटर रेजिस्टेन्ट) फिचर रहेको यो डिभाइसलाई वायरलेस रूपमा चार्ज गर्न सकिन्छ। दुई रंगको नरम इयर(टिप्सयुक्त यो इयरफोनले न्वाइज क्यान्सिल गरी बेस तथा अन्या डाइनामिकहरुको अनुभव स्पष्ट रूपमा गर्न मद्दत पुर्‍याउँछ। नेपालमा यो डिभाइस स्मार्टडोको दराज तथा आईएमएसका लिटल स्माइल्स शोरुमहरुमा डिस्काउन्ट पश्चात ९,९९०/- रुपैयाँमा उपलब्ध छ। 

एनर्जाइजर पावर बैंक र कार चार्जर

अमेरिकी ब्रान्ड एनर्जाइजर विश्वकै ठुलो प्राइमरी ब्याट्री, ब्याट्रीबाट चल्ने पोर्टेबल डिभाइस तथा पोर्टेबल फ्ल्याशलाइट लगायतका उत्पादक कम्पनी हो। यो पावर सोलुसन प्रदायकका रूपमा पनि विश्वमा चर्चित छ। एनर्जाइजरले रिचार्ज गर्न मिल्ने पोर्टेबल डिभाइसका लागि निर्माण गरेको पावरबैंक नेपालमा आईएमएस ग्रुपले आधिकारिक रूपमा उपलब्ध गराएको हो। स्मार्टफोन तथा अन्य डिभाइसमा भरपर्दो पावर प्रदान गर्ने फिचरयुक्त पावरबैंक पनि स्मार्टडोको, दराज अनि अरू अनलाइन तथा आईएमएस लिटल स्माइल्स शोरुमबाट २५ प्रतिशत छुटमा किन्न पाइने व्यवस्था गरिएको छ।

क्रेन ह्युमिडिफायर

अमेरिकाकै प्रख्यात ह्युमिडिफायर ब्रान्ड क्रेनले ह्युमिडिफायरका साथमा एयर प्युरिफायर, टावर फ्यान, हिटर तथा सुगन्ध फैलाउने अरोम डिफ्युजरलगायतका उत्पादनहरू निर्माण गर्दछ। यो ब्रान्डका उत्पादनले अलग अलग समय र स्थानहरूमा जेपीएमए इनोभेसन अवार्ड, ट्राभल ह्युमिडिफायर अवार्ड, एनसीडब्लू इको एक्सलेन्स अवार्ड लगायतका थुप्रै अवार्डहरू जितिसकेको छ। खोकी, सुक्खा हावा, डम, नवजात शिशुहरू, सांगीतिक प्रस्तुति, घरपालुवा जनावर तथा घुर्ने समस्या साथै कोठामा भएको ब्याक्टेरिया भाइरसलाई ९९.९ प्रतिशत लले मारेर कोठाको हावालाई श्वास प्रश्वास योग्य बनाउँछ। 

आईएमएस ग्रुपले जनाए अनुसार क्रेन ब्रान्डका यी सामग्रीहरू पनि स्मार्टडोको, दराज, अन्य अनलाइन तथा आईएमएसका लिटल स्माइल्स शोरुमहरुमा १५ प्रतिशतको छुटमा खरिद गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस