
काठमाडौँ। सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक र इन्स्टाग्राम शुक्रवार राती फेरि एक पटक बन्द भए। यस पटकको डाउनपछि कम्पनीले भन्यो कि दुवै प्लेटफर्मको कम्प्युटिङ प्लेटफर्ममा एक प्राविधिक गल्तीको कारणले डाउन भएको थियो।
यसरी ५ दिनभित्र दोस्रो पटक फेसबुक डाउन हुँदा धेरै प्रयोगकर्ताहरूलाई समस्याको सामना गर्नु परेको थियो। ५ दिन भित्र फेसबुक बन्द भएको यो दोस्रो मौका हो। यसअघि ४ अक्टोबरको राती फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप ६ घण्टा भन्दाबढि डाउन भएका थियो।
यस पटक फेसबुक आउटेजको प्रभाव भारत, नेपालमा भने भएको थिएन। फेसबुक र इन्स्टाग्राम बन्द भएका देशहरूमा अमेरिका, बेलायत, पोल्यान्ड र जर्मनीको केही भागहरू सामेल छन्। सर्भर डाउन भएपछि #instagramdownagain हैशट्याग पनि ट्विटरमा ट्रेन्डिङ सुरु भएको थियो।
फेसबुक र इन्स्टाग्राम नेपाली समय अनुसार राती १२:२६ बजे बन्द भएका थिए। यस दौरान इन्स्टाग्राम प्रयोगकर्ताहरूलाई फिड रिफ्रेस गर्न गाह्रो भइरहेको थियो। त्यहाँ फोटो अपलोड गर्न पनि समस्या थियो।
फेसबुकले एक साताभित्र दोस्रो पटक आउटेज भएकोमा माफी मागेको छ। फेसबुक माफी माग्दै भनेको छ कि केही मानिसहरूलाई हाम्रो एप्स र वेबसाइट पहुँच गर्नमा समस्या भएको छ। यदि तपाईँ हाम्रो सेवाको उपयोग गर्न असमर्थ हुनुहुन्छ भने हामी क्षमा प्रार्थी छौँ। हामी जान्दछौँ कि तपाईँ कसरी एक अर्कासँग कुराकानी गर्नको लागी हामीमा निर्भर हुनुहुन्छ। अब हामीले समस्या समाधान गरेका छौँ। यस पटक पनि धैर्य गर्नु भएकोमा धन्यवाद।
इन्स्टाग्रामले पनि आफ्ना प्रयोगकर्ताहरुसंग माफी पनि मागेको छ र लेखेको छ कि तपाईँहरू मध्ये केहीलाई अहिले इन्स्टाग्रामको उपयोगमा समस्या भएको हुनु पर्छ। हामी धेरै दु: खी छौँ। समस्याको समाधान भैसकेको छ र अब सबै कुरा सामान्य भैसकेको छ। हामीसँगै रहेर सहयोग गर्नु भएकोमा धन्यवाद ।
यसअघि फेसबुकको साथमा ह्वाट्सएप र इन्स्टाग्राम पनि बन्द भएका थिए। आउटेजको समस्या धेरै घण्टा पछि पनि जारी रह्यो, यस्तो स्थितिमा मानिसहरू न त सन्देश पठाउन न त सन्देशहरू प्राप्त गर्न सक्षम थिए। यो समस्या कम्पनीको सर्भर डाउन भएको कारणले आएको थियो। त्यो बेला फेसबुकले माफी माग्दै लेखेको थियो :
केही मानिसहरूलाई एपको उपयोगमा समस्या छ। यसका लागि हामी क्षमा प्रार्थी छौँ। चाँडै यो समस्या समाधान हुनेछ। उही समयमा सामाजिक मिडियामा व्हाट्सएप द्वारा जारी एक बयानमा भनिएको थियो कि हामी जान्दछौँ कि केही मानिसहरू यस समयमा समस्याहरूको सामना गरिरहेका छन्। तपाइको धैर्यताको लागी धन्यवाद।
प्रतिक्रिया दिनुहोस