aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

दशैंको विदामा घुम्नजाने सोचमा हुनुहुन्छ ? (तस्बिरमा हेर्नुहोस् क्यानजे भ्याली)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ असोज २०७८
दशैंको विदामा घुम्नजाने सोचमा हुनुहुन्छ ? (तस्बिरमा हेर्नुहोस् क्यानजे भ्याली)

काठमाडौं । दशैं मान्यजनहरुको हातबाट टिका थाप्ने चाड मात्र नभएर धेरैका लागि घुमडुल गर्ने अवसर पनि बन्ने गरेको छ । वर्षभरि कामको व्यस्ततामा रहेका मानिसहरुका लागि सबै भन्दा लामो विदाको अवसर हो, दशैं विदा ।  

त्यसैले रमणिय ठाउँ घुम्ने, साहसिक यात्रा गर्ने र जीवनमा नयाँ अनुभूमि थप्ने मौकाकोरुपमा दशैंलाई उपयोग गर्नेहरुका लागि एउटा अनुपम गन्तव्य बन्न सक्छ लाङटाङ ।  

 
लाङटाङ नेपालको राजधानी काठमाडौंबाट पश्चिममा रसुवा जिल्लामा रहेको तथा तिब्बतसँग जोडिएको एक पर्यटकिय क्षेत्र हो । यो क्षेत्रमा लाङटाङ राष्ट्रिय निकुञ्ज, लाङटाङ लिरुङ हिमाल, गोसाइँकुण्ड जस्ता पर्यटकीय स्थलहरू रहेका छन् ।


काठमाडौंबाट छोटो र सजिलो पदमार्गमध्येमा लाङटाङ पनि एक हो । यहीकारणले लाङटाङमा विदेशीपर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । लाङटाङ जाने पर्यटकले एकै यात्रामा धेरै कुरा हेर्न र घुम्न सक्छन् ।

लाङटाङ जाने पर्यटक चेरर्कोरी, क्यान्जिन री, लाङसिसा, लाङटाङ ग्लासियर र यालापिक रहेका छन । ५ हजार मिटर अग्लो चेरर्कोरीबाट एक दर्जन हिमाल देखिन्छन । लाङटाङ हिमाल (७२४६ मि) सँगै नेपाल र तिब्बतकादर्जनौं हिमश्रृंखला हेर्न पाइन्छ । 


 

प्रतिक्रिया दिनुहोस