काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर थप २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ४ हजार ७१२ जनामा परीक्षण गर्दा आरटी–पीसीआरबाट २४० र एन्टिजेनबाट ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना निको भई थप ७७७ संक्रमित डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । हालसम्म ७ लाख ७९ हजार ९३१ संक्रमित निको भएका छन् ।कोरोनाले थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या ११ हजार २७७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस