aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

१३‌औँ स‍ंस्करणको विश्वकप आयोजना गर्ने जिम्मा भारतलाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० असार २०७६
१३‌औँ स‍ंस्करणको विश्वकप आयोजना गर्ने जिम्मा भारतलाई

काठमाडौं । आईसीसी क्रिकेट विश्वकपको १३ औं संस्करण भारतमा हुने भएको छ । आगामी संस्करण सन् २०२३ को ९ फेब्रअरीदेखि मार्च २६ सम्म आयोजना गर्ने गरि आईसीसीले मिति तय गरेको छ ।

चौथो पटक विश्वकप आयोजनाको जिम्मा पाएको भारतले यसअघिका तीन संस्करणमा पाकिस्तान, श्रीलंका र बंगलादेशसँग मिलेर संयुक्त रुपमा आयोजना गरेको थियो ।

जसमा भारतले सन् १९८७ को विश्वकपमा पाकिस्तानसँग मिलेर आयोजना गरेको थियो भने १९९६ मा पाकिस्तान र श्रीलंकासँग मिलेर आयोजना गरेको थियो । यस्तै सन् २०११ मा बंगलादेश र श्रीलंकासँग संयुक्त रुपमा आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस