aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ कार्तिक २०७८
पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९९१६ जनामा गरिएको नमूना परीक्षणमा १०९६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सो समयावधिमा १००४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ । अहिले देशभर ११८१५ जना संक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस