
अस्थी रोग Osteoporosis के हो ?
अस्थी रोगलाई अंग्रेजीमा (Osteoporosis) भनिन्छ जसको शाब्दिक अर्थ छिद्र परेको हड्डी हो । अस्थी रोग हाड सम्बन्धिको एक प्रगतिशिल रोग हो जसमा हाडको खनिज पदार्थको कमि हुदै जान्छ र हाडका तन्तुहरुमा नकारात्मक परिवर्तन आउंदै जान्छ जसले गर्दा हाड एकदमै कम्जोर हुने र सानो तिनो झट्काले पनि भाचिने हुन्छ । किनकि हड्डी बिस्तारै मक्किदै गरेको काठको जस्तो अवस्थामा रहन्छ।
हाडको घनत्व भनेको के हो र यसलाई केले असर गर्छ ?
हाडको घनत्व भनेको हाडमा रहेको खनिज पदार्थ विशेस गरेर क्याल्सियेम र फोस्फोरसको मात्रालाई बुझ्नुपर्दछ। हामी तीस वर्षको पुग्दा हाडको घनत्व अधिकतम मात्रामा पुग्ने गर्छ र उमेर हुदै जादा यो प्राकृतिक रूपले नै घट्दै जान्छ। तर महिलाहरुमा रजस्वला सुक्ने (menopause) उमेरका विरपरि हाडको घनत्व घट्ने रफ्तार निकै चाडो हुन्छ र पुरूषहरूमा भन्दा अस्थी रोग हुने सम्भावना बढेर जान्छ । त्यस्तैगरी धुम्रपान गर्ने, मध्येपान गर्ने, स्टेरोइडको अधिक प्रयोग गर्नुपर्ने रोगहरु जस्तै दम, बाथ, मृगौलाको रोग, अटोइम्युन रोगहरुमा पनि अस्थी रोग हुने सम्भावना बढ्छ । यसका साथै गतिहीन जीवनसशैली र कार्वोनेटेड पेय पदार्थको अत्यधिक प्रयोगले पनि हाडको घनत्व घट्ने प्रक्रियालाई टेवा पुराएको हुन्छ ।
अस्थी रोगका लक्षण के के हुन ?
यस रोगमा लक्षणहरू अन्य रोगमा जस्तो सुरूमा देखिदैनन् । प्राय बिरामीहरू ढाड दुस्खेर, ढाड कुप्रो परेर र सानो तिनो चोटपटकले पनि कम्मर, ढाड र नाडीको हड्डी भाचिएर आउछन् । यसरी थाहै नपाई हाड मक्किदै जाने हुनाले विश्व स्वस्थ्य संगठनले यसलाई मौन महामारी (silent epidemic) को संज्ञा दिएको छ ।
अस्थी रोग कसरी पत्ता लाग्छ ?
यो रोग पत्ता लगाउन माथि उल्लेखित लक्षण तथा जोखिम भएका बिरामीहरुलाई हाडको घनत्व पत्ता लगाउन गरिने डेक्सा (DEXA) स्क्यान गर्दा पत्ता लाग्छ ९विश्व स्वस्थ्य संगठन अनुसार डेक्सा ९म्भ्ह्ब्० स्क्यानमा T-score of -2.5 or lower is diagnostic for osteoporosis) । तर डेक्सा (DEXA) स्क्यान प्रविधि आफैमा खर्चिलो साथै बिरलै मात्र उपलब्ध हुने हुनाले लक्षण र सामन्य एक्सरेका आधारमा उपचार गर्नुपर्ने बध्येता छ।
अस्थी रोगको उपचार के हो ?
अस्थी रोग उपचारका लागि हाडको घनत्व बढाउने सहयेग गर्ने औषधि प्रयोग गरिन्छ । क्याल्सियेम, भीटामिन डीथ्री, बिस्फस्फोनेटका साथै प्याराथर्मन हर्मन र रजस्वला सुकेका महिलाहरुलाई यस्ट्रोजेन हर्मन दिइन्छ।
अस्थी रोगको रोकथामका उपाय के के हुन ?
दैनिक सरिरिक व्ययाम गर्नु , पोषिलो खाने कुरा खानु विषेस गरि क्यल्सियेम भएका खाने कुरा जस्तै दुध र दुध जन्य खानेकुरा जस्तै दहि, महि, चिज, पनिर, गेडागुडी, भटमास, तोफु, आलमन्ड आदि। साथै धुम्रपान र मधेपान त्याग्नु यसका लागि अपरिहार्य रहन्छन। दैनिक बिहानको घाममा १०र१५ मिनेट बस्नाले भिटामिन डी पाइने र यसले सरिरमा क्यल्सियेम सोसनमा भूमिका खेल्ने हुनाले घाममा बस्नु पनि अस्थी रोगको रोकथामको एउटा खम्बाको रूपमा रहन्छ। उमेर भएका र रोगि अवस्थामा रहेका मानिषहरुले माथि भनेको जस्तै बेलैमा आफ्नो जीवनशैली वद्लेर अस्थी रोगको रोकथाम भने अवश्य गर्न सक्छन्।
अन्त्येमा‘
बढ्दो आधुनिक जीवनशैली र बढ्दो आयुले गर्दा हाम्रो समाजमा पनि अस्थी रोग बिकराल रूपमा बढी रहेको छ। त्यसैले बेलैमा आफ्नो जीवनशैली परिवर्तन गरेर खानामा क्यल्सियेम र भीटामिन डी युक्त खाने कुरा खाने, दैनिक व्ययाम गर्ने, घाममा बस्ने गर्नुपर् । र यसको उच्च जोखिम भएका व्यक्त्ति (जस्तै दम, बाथ, मृगौलाको रोग, अटोइम्युन रोगहरु र रजस्वला सुकेका महिलाहरु) ले बेलैमा चिकित्सकिय परामर्श लिएर समयमै रोकथाम तथा उपचार गर्न सकिन्छ। (डाक्टर थापा त्रिवि सिक्षण अस्पतालको हाड जोर्नी विभागका विशेषज्ञ चिकित्सक हुन् । उनी आफ्नो अतिरिक्त समयमा चिरायु अस्पतालमा विशेषज्ञ सेवा दिन्छन् ।)
प्रतिक्रिया दिनुहोस