
काठमाडौं । विराटनगर विमानस्थल डुबानमा परेपछि वायुसेवा कम्पनीले झापाको भद्रपुरमा उडान बढाएका छन् । बुद्ध एयर र यति यएरलायन्सले आज नियमति उडान बहेक थप उडान थपेका हु्न । बुद्ध एक सूचना जारी गरि भद्रपुरमा उडान संख्या थपेको जानकारी गराएको छ । भने यति यएरलाइन्सल दुई वटा विमान थप गरेको कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।
उनले भने, 'यात्रुहरुको मागलाई ध्यानमा राखेर भद्रपुरका लागि आज विहान एक उडान भद्रपुर नियमित बाहेको उडान थप गरिएको र आज थप एक उडान भद्रपुर तर्फ थप गरेका छौं । '
विराटनगरको साटो विकल्पमा सो विमानस्थल प्रयोग गर्न सकिने भन्दै कम्पनीले ट्राभल कम्पनी वा मोबाइल एपबाटै टिकट लिन सकिने समेत जानकारी गराएको बुद्ध यएरले जारी गरेको सूचनामा जनाइएको छ ।
विराटनगर विमानस्थलमा भने बाढी पसेसँगै बुधबार बिहानैबाट अवरुद्ध भएको छ । भद्रपुरमा भने बिना अवरोध उडान भइरहेको कम्पनीको यति एयरलाइन्सका प्रवक्ता बर्तौलाले जनाए । विराटनगरको धावन मार्गमा नै पानी जमेका कारण उडान भर्न कठिनाइ भइरहेको उनले बताए ।
उनले भने, 'विराटनगरको उडानका लागि आज वेलुकासम्ममा केहि खबर आउन सक्छ धावन मार्गमा धेरै बाक्लो लेदो जमेको भएमा भोलि पनि त्यस तर्फ उडान भर्न नसकिने हुनसक्छ यो खबर आज बेलुकासम्ममा हामीलाई आइसक्छ होला । '
प्रतिक्रिया दिनुहोस