aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

देशभर ११ हजार ३ सय १५ जना कोरोनाका सक्रिय संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ कार्तिक २०७८
देशभर ११ हजार ३ सय १५ जना कोरोनाका सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५४५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७२६ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ११ हजार ३२६ पुगेको छ ।

हाल कोरोना निको हुने दर ९७.२ प्रतिशत रहेका छन् । अर्थात हालसम्म कोरोना संक्रमितमध्ये ७ लाख ८४ हजार ८८१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ७ हजार ५२२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९३ लाख ७७१ जनामा संक्रमण पुष्टि भएको छ । हाल देशभर ११ हजार ३१५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । 

प्रतिक्रिया दिनुहोस