
काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाउने पाँच वटा विमान कम्पनी पुगेका छन् । पछिल्लो एओसी यति एयरलाइन्सले पाएको छ । यसभन्दा पहिला बुद्ध एअरलाइन्स, श्री एयरलाइन्सस, नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स, बुद्ध एयरले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाइसकेका छन ।
नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार यति एयरलाइन्स एओसी पाएको कम्पनीका प्रवक्ता सुर्दशन बर्तौैलाले आर्थिकन्युज डटकमलाई जानकारी दिए । प्राधिकरणले ननसेड्यूल तथा चार्टर्ड उडान गर्न सक्ने गरी अन्तर्राष्ट्रिय उडानको एओसी पाएको प्रवक्ता बर्तौलाले बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएसँगै यति अब दक्षिण एसिया तथा दक्षण पूर्वी एसियाली मुलुकमा उडान गर्न सक्ने छ ।’
अन्तरास्ट्रिय उडानका लागी आन्तरिक तयारी पूरा भएको छ र जुनसुकै समयमा यी राष्ट्रहरुमा उडान गर्न सक्षम रहेको उनले बताए । उनले भने, ‘यति एअरलाईन्सले अन्तरास्ट्रिय चार्टर र नन स्येड्युल फ्लाईटको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएको छ । यो पाए संगै हाकीले दक्षीण पुर्बी एसिया र दक्षिण एसियाली राष्ट्रहरुमा प्यासेन्जर तथा कार्गो उडान गर्न पाउनेछौं ।’
कम्पनीसँग अहिले एटीआर ७२ जहाजहरुले नै अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएका मुलुकहरुमा उडान भर्न सक्ने उनले बताए । उनका अनुसार हाल यतिसँग भएको विमानहरुले छोटा दूरीको अन्तर्राष्ट्रिय गन्तब्यमा नै उडान गर्न सक्ने क्षमताका हुन् ।
प्रतिक्रिया दिनुहोस