aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

राकुटेन भाइबर यो वर्षको वर्ल्ड कप सिजनमा क्रिकेट फिभरलाई उच्चाइमा पुर्याउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ कार्तिक २०७८
राकुटेन भाइबर यो वर्षको वर्ल्ड कप सिजनमा क्रिकेट फिभरलाई उच्चाइमा पुर्याउँदै

काठमाडौं । राकुटेन भाइबरः क्रिकेट प्रेमीहरूलाई यो वर्षको टी–२० वर्ल्ड कप सिजनलाई नयाँ उचाइमा पुर्याउने भएको छ । राकुटेन भाइबरले कुराकानीको आफ्नो लोकप्रिय प्लेटफर्र्ममा विशेष सुविधा र गतिविधिहरू ल्याएको छ ।  क्रिकेट फिस्टा टी– २० वल्र्डकपको उत्साहलाई अझ व्यापक बनाउन क्रिकेटप्रति समर्पित भाइबरका च्याटबटसँग तयार गरेको बताएको छ ।  जो क्रिकेट प्रेमीहरूको सकृय समुदायसँग जोडिएको छ । 

अर्को भाइबरमा यो वर्ल्डकप सिजनभरि आफ्ना प्रशंसकहरूसँग अन्तरक्रिया गर्नका लागि धेरै क्रिकेटरहरूले व्यक्तिगत भाइबर ‘कम्यूनिटी’ पनि चलाउने जनाएको छ । साथै यस सिजन भरिका लागि संचार माध्यममा विश्वकै अग्र स्थानमा रहेको भाइबरले आफ्ना प्रयोगकर्ताका लागि ‘लोकल’वल्र्डकप क्रिकेट स्टीकर्स ए आर पावर्ड क्रिकेट थिमभाइबर लेन्सहरूका साथै,अरू धेरै रोमाञ्चक अफरहरू होष्ट गरेको छ ।

 यतिले पनि उत्सवमय नभए जस्तो भएमा, यस पालीको वर्ल्डकपमा क्रिकेट प्रेमीहरू आकर्षक पुरस्कार र आफ्ना मनपर्ने खेलाडीसँग अन्तरक्रिया गर्ने मौका पनि मिल्नेछ । “वर्ल्डकप क्रिकेट उत्साह साथ मनाउन र क्रिकेट प्रेमीहरूलाई वल्र्डकप भरि बेजोड र अतुलनीय अनुभव दिन उत्साहित रहेको बताएको छ । त्यसैले धेरैभन्दा धेरै सुविधा सहित बिलकुलै नयाँ एआर पावर्ड भाइबर लेन्सहरू, भाइबर कम्युनिटी मार्फत क्रिकेटरहरूसँग रियल–टाइम अन्तक्रिया,च्याटबटका सक्रिय प्रयोगकर्तालाई पुरस्कार र अन्य धेरै कुराहरू समावेश गरेको भाइवरले दावी गरेको राकुटेन भाइबरको वरिष्ठ डाइरेक्टर, डेभिडचेले बताएका छन ।

क्रिकेट दक्षिण एसियामा निकै चासो र रुचाइएको खेल हो र क्रिकेट प्रेमीका लागि आफ्ना उत्साह जागृत पार्न र क्रिकेट उल्लासलाई नयाँ उचाईमा लैजान मद्धत पु¥याउने दावी गरेको छ । च्याटबटले सब्स्क्राइबरहरूलाई खेलको विजयी अनुमान लगाउने मौका पनि दिनेछ, । आफ्नो “क्रिकेट टल्क कम्युनिटि”नामक समर्पित कम्युनिटिमा प्रवेश सुलभता दिनेछ जहाँ क्रिकेट प्रेमीहरूले स्कोर अपडेटहरू जान्न, प्रशस्त मिमहरु तथा अन्यविशेषताहरूको मजा लिन पाउँनेछन् । वल्र्डकप क्रिकेटबटको साथमा भाइबरले यो वर्ष “क्रिकेट टल्क कम्युनिटि”लाई एक कदमअघि लगेको दावी गरेको छ ।  

जहाँ क्रिकेट प्रेमीहरूले क्रिकेटको नतिजा अनुमान गर्न मौका पाउनेछन् र मोबाइल फोन, ल्यापटप, स्पिकर, हेडफोन, भाइबर कुपन, लोकप्रिय स्टीकर प्याक र अन्य आकर्षक पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन् । 

त्यसैगरि, यस लोकप्रिय मेसेजिङ प्लेटफर्मले कुराकानीलाई थप जीवन्त बनाउने कस्टम स्टीकर प्याक पनि रिलिज गरेको छ । जुनक्रिकेट प्रेमीहरूले यो सिजनभरि आफ्नो समर्थन जनाउन र उत्साह अभिव्यक्त गर्न प्रयोग गर्न सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस