
काठमाडौं । सरकारले १२ वर्षमाथिका बालबालिकालाई फाइजर खोप दिने भएको छ । १२ वर्षमाथिका दीर्घरोगी बालबालिकालाई कोरोना विरुद्धको् फाइजर खोप दिइने भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सोमबार अमेरिकी खोप कोभ्याक्स एक लाख ६ सय मात्रा आउने नेपाल आउने छ ।
उक्त खोप १२ वर्षदेखि १८ वर्षसम्मका दीर्घरोगी बालबालिका र यसअघि खोप लगाउन छुटेका अन्य उमेर समूहका दीर्घरोगीलाई छठ लगत्तै खोप दिने योजना रहेको महाशाखाले बताएको छ ।
प्रतिक्रिया दिनुहोस